Timro ek mitho muskan full nepali lyrics - Hemant Rana

Song Details :
Song Title : Timro ek mitho muskan
Singer : Hemant Rana
Lyrics / Music : Kalyan Shing

Lyrics in Nepali :


तिम्रो एक मीठो मुस्कानमा म
म संसार भुल्ने गर्छु
तिम्रो एक मीठो मुस्कानमा म
दु:ख पीडा भुल्ने गर्छु
के छ के छ तिम्रो त्यो मुस्कानमा
के छ के छ तिम्रो त्यो मुस्कानमा
आफूलाई भुलेर म तिमीतिर नै
( हराउने गर्छु )*२

चाइदैन दिन घमाइलो
चाहिदैन रात जुनेली
चाहिदैन आकाशमा तारा
चाहिदैन फूल चमेली
केवल तिम्रो साथ भए मलाई पुग्छ
न्यानो अङ्गालोमा बाँधिदिए पुग्छ
तिमी छौ र त मेरो अस्तित्व छ
तिम्रो एक मीठो मुस्कानमा मेरो खुशी
लुकेको छ
तिम्रो एक मीठो मुस्कानमा म
म नयाँ जीवन पाउँछु
तिम्रो एक मीठो मुस्कानमा म
नयाँ जिउने आधार पाउँछु

तिम्रो एक मीठो मुस्कानको लागि म
म जे गर्न पनि तयार छु
आकाशको तारा टिपिदिन नसके पनि
तिम्रो हरेक पाइलामा सहारा बन्नेछु
तिम्रो एक मीठो मुस्कानमा म
सङ्गीतको धुन भर्छु
तिम्रो एक मीठो मुस्कानमा म
जीवनको अर्थ पाउँछु
के छ के छ तिम्रो त्यो मुस्कानमा
के छ के छ तिम्रो त्यो मुस्कानमा
आफूलाई भुलेर म तिमीतिर नै
( हराउने गर्छु )*२
Reactions

Post a Comment

0 Comments