सुन न, तिमी खुसी त छौ नि ? Full Lyrics with Video - Ujjwal Sagar



Song Details : 
Song Title : Sunana
Vocal / Music : Ujjwal Sagar
Lyrics : Roshan


Lyrics in Nepali :


सुन न,
तिमी खुसी त छौ नि ?

सिमलको भुवाँसरि 
उडि गएथ्यौ 
कति माथी पुग्यौ ?
र छोड्यौ  मलाइ देख्न 

भन न,
तिमी खुसी त छौ नि ?

छोड न सपनाको कुरा
म बिपनासँग पनि डराउँदिन
तर एउटामा डुबिसकेको मान्छे
 त्यसरि अरु कसैमा हराउँदैन 

पुग्नु मैले पनि छ
जानू तिमिले पनि छ
यो बाटोले लान्छ कहाँ  ?
कसलाइ के थाह

भनन,
तिमी खुसी त छौ नि ?

रातहरु यहाँ
कस्को अनिँदो छैन ?
हर कोहि एकान्तमा
रोएकै हुन्छ !
जिन्दगी सधैं 
रमाइलो भैदिए
दु:खको गीत यहाँ ,  
कोहि किन सुन्छ ?

यो सुतेको सुनसान 
सडकले कुन
सहरमा ब्युँझाउने हो
कसलाइ के थाह 

भनन,
तिमी खुसी त छौ नि ?

छोड न दु:खको कुरा
तिमिलाइ नहाँसेको सुहाउँदैन
तर एउटामा डुबिसकेको मान्छे
त्यसरि अरु कसैमा हराउँदैन 

पुग्नु मैले पनि छ
जानू तिमिले पनि छ
यो बाटोले लान्छ कहाँ  ?
कसलाइ के थाह

भनन,
तिमी खुसी त छौ नि ?
Reactions

Post a Comment

0 Comments