साईली र साईला भन्दैछ गाउँघरै रमाईलो ।। Gaugharai ramailo sajan rai


चर्चित गीत ‘साइँली’बाट चर्चामा आएका जोडी हुन् गौरव र मेनुका अर्थात् ” साइँला साइँली” को जोडी यसपटक भने ‘गाउँघरै रमाइलो’ भन्दै भिडियोमा देखिएका छन् ।

गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको ‘गाउँघरै रमाइलो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोलाई ओ.एस.आर डिजिटल मार्फत  सार्वजनिक गरिएको हो ।

साजन राईको आवाज रहेको गीतमा संगीत राईकै रहेको छ भने एरेन्ज सन्जीव बराइलीले गरेका छन् । आफ्नो देशप्रेम,देश प्रतिको माया , गाउँघरको झल्को दिने भावमा सुन्दर शब्दहरुले उनेर शब्द कोरेका छन् रमेश कार्कीले।

जिबन्त अभिनय गर्ने कलाकारको लिस्टमा आउने नाम हो मेनुका प्रधान र गौरब पहारी । धेरै वटा नेपाली चलचित्र र म्युजिक भिडियोहरुमा संगै देखिसकेका , दर्शकबाट सर्वाधिक रुचाइएका यी जोडी पुनः एकसाथ यस म्युजिक भिडियोमा देखिएका छन्  ।

दुवै जनाको प्रेमिल अभिनयले  गाउँघरको त्यो रमाइला पल,मेलापात र घाँसदाउरा गर्दै रमाइलो गरेको सुन्दर पल र सम्बन्धलाई महसुस गर्न सकिन्छ ।

भुपेन्द्र तुम्बाहाम्पेले खिचेको यस भिडियोको निर्देशन किरण चाम्लिङ राई र भुपेन्द्र स्वयंले गरेका हुन् भने अनिल रानाले सम्पादन गरेका हुन् ।  (भिडियो हेर्न तल क्लिक गर्नु होला )



Reactions

Post a Comment

0 Comments