Sundar Udan full Lyrics - Ujjwal Saagar



Team सुन्दर उडान: Music/Vocal: Ujjwal Saagar Lyrics: Bijay Sapkota Guitar/Arrangement/Programming: Bishwa Adhikari Mixing/Mastering: Biplav Adhikari 

Opal Recording Studio 

सुन्दर उडान 

---------------------

माथिमाथि आकाशमा 
कावा खाने चराजस्तै
अझ तिनको माथि उड्ने 
बादलको टुक्राजस्तै
म चाहन्छु, मेरो पनि आफ्नै 
सुन्दर उडान
सुन्दर उडान


ताते गरेको यो आँगन 
साँघुरो भएको हैन
तर मेरो उडानलाई 
फराकिलो आकाश चाहिन्छ
दिक्क लागेको होइन 
स्नेहको यो छत्रछायाँ
तर बादल झरि आँधी घाम 
मेरै जिउले झेल्नुपर्छ
जहाँ उडेपनि, जता पुगेपनि
तिम्रो माया छाँयाजस्तै बोकेर
म चाहन्छु, मेरो पनि आफ्नै 
सुन्दर उडान
सुन्दर उडान


जिन्दगीको संघर्षको 
आफ्नै सुन्दरता छ
आफ्नै पौरख सिर्जनामा 
यसको सार्थकता छ
मलाई मेरै इन्द्रियले 
यो संसार छुन देऊ
उत्साही यी पखेटामा 
भरोसाले बल देऊ
तिमीले प्राण भरेको
जिन्दगीको पंख उचालेर
म चाहन्छु, मेरो पनि आफ्नै
सुन्दर उडान
सुन्दर उडान



Reactions

Post a Comment

0 Comments