SEI HAMMA RAJESH PAYAL RAI AND PEMA DECHAN TAMANG SONG LYRICS IN NEPALI

शब्द : टीका चाम्लिङ
सङ्गीत: राजेशपायल राई
स्वर : पेमा डेचेन तामाङ्  / राजेशपायल राई


केटा: शान पनि त्याग्न राजी छु
        मान पनि त्याग्न राजी छु
        मायाको लागि आइ परे
        ज्यान पनि त्याग्न राजी छु
        सै हँमा सै हँमा
केटी: गाउँ पनि त्याग्न राजी छु
        नाउ पनि त्याग्न राजी छु
        मायाको लागि आइ परे
        ज्यान पनि त्याग्न राजी छु
        सै हँपा सै हँपा


केटा: जीवनको लामो यात्रामा
        भेटिनँ कोही साथ मैले
केटी: यो मनको कुनै पानामा
        लेखिनँ केही घात मैले
केटा: धार पनि टेक्न राजी छु
        भार पनि थेग्न राजी छु
        मायाको लागि आइ परे
        ज्यान पनि  त्याग्न राजी छु
        सै हँमा सै हँमा


केटी: आकाशको नीलो रङ्गझैँ
        पोखियो माया मूलसरि
केटा: मुस्कानको सुन्दर थुँगाझैँ
        फकृयो माया फूलसरि
केटी: घर पनि त्याग्न राजी छु
        डर पनि त्याग्न राजी छु
        मायाको लागि आइ परे
        ज्यान पनि त्याग्न राजी छु




Reactions

Post a Comment

0 Comments