नायिका आना र गायक शुशान्त प्रेममा

‘जेरी’ फेम्ड अभिनेत्री आना शर्मा र गायक सुशान्त केसी केही महिनादेखि प्रेममा छन् ।

गुपचुप प्रेम सम्बन्धमा रहेका उनीहरु अंग्रेजी नयाँ वर्ष मनाउन मुस्ताङ पुगेका थिए । दुवैले सार्वजनिक रुपमा प्रेमलाई स्वीकारेका थिएनन् । मुस्ताङ घुम्नेदेखि पोखरामा बन्जी जम्प गर्नेसम्म उनीहरु सँगै देखिए ।

अहिले भने यो जोडीले खुलेरै प्रेमलाई स्वीकारेको छ । आनाले सुशान्तसँगका रोमान्टिक तस्वीरलाई इन्स्टाग्राममा सेयर गरिरहेकी छन् । हिजोको गुपचुप प्रेम अहिले सार्वजनिक रुपमै फक्रिन थालेको छ ।

यसअघि आनाको नाम अनमोल केसी र सोनम शेर्पासँग पनि गाँसिएको थियो । दुवैसँग ब्र्रेकअपपछि आना सुशान्तसँग निकट भएकी हुन् ।

आना अहिले एक फिल्मको छायांकनको तयारीमा छिन् भने सुशान्त विदेश भ्रमणको तयारीमा छन् ।

Reactions

Post a Comment

0 Comments