पुरानो ब्याण्डक कन्दराको ब्यबस्थापन सम्बाल्दै नेप्ग्याजम

लोकप्रिय पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’र ‘नेपग्याज्म लाइभ  इभेन्ट एनएलई कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ। २०७९ असार ७ गते दुई पक्ष बीच सम्झौता भएको विज्ञप्तिमार्फत जनाइएको हो । सम्झौतापछि कन्दराका गीतसंगीत निर्माणदेखि कन्सर्ट व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी नेपग्याज्म लाइभ इभेन्ट (एनएलई) ले गर्ने ब्यान्डका गायक विवेक श्रेष्ठले बताए ।

‘सन् २०१६देखि हामी ब्यान्डलाई पुनः सक्रिय बनाउन प्रयासरत थियौं । संगीत पूर्ण रुपमा व्यवसायिक बनिसकेको अहिलेको समयमा हाम्रा सबै गतिविधि र कामलाई व्यवस्थापन गरिदिने कोही भइदिए हुन्थ्यो भन्ने महसुस गरेका थियौं,’ गायक श्रेष्ठले भने, ‘ नेपग्याज्म लाइभ इभेन्टले हाम्रो आवश्यकता पूरा गर्ने कुरा मिलेपछि  हामीबीच सहकार्य भएको हो ।’

उनकाअनुसार यही वर्ष ब्यान्डले नयाँ गीतसँगै आफ्ना तीन चर्चित गीतहरुको रिप्राइज्ड भर्सन सार्वजनिक गर्दैछ। यसबाहेक नयाँ गीतको तयारी पनि सुरु भइसकेको छ । यी सबै कामको व्यवस्थापकीय जिम्मेवारी एनएलईले हेर्ने उनले बताए।कन्दराले पहिलो एल्बमको टाइटल ट्र्याक चञ्चलेकान्छी, दोस्रो एल्बमको टाइटलट्र्याक डाँडापारि र तेस्रो एल्बमको चर्चित गीत विदेशिएर गइन् उनीको रिप्राइज्ड भर्सन निकाल्ने  तयारी भइरहेको हो । यी गीतहरुको म्युजिक भिडिओ निर्माणदेखि सोसल मिडिया प्रोमोसनसम्मका पक्षएनएलईले हेर्ने  छ। यसमा बजार प्रवद्र्धन र व्यवस्थापनदेखि ब्रान्डिङसम्मका काम अटाउनेछ ।

एनएलई सन् २०१८ देखि स्ट्यान्ड अप कमेडी निर्माणमा अग्रणी संस्था नेपग्याज्मका संस्थापकहरुकै नेतृत्वमा सुरु भएको हो । ​नेपग्याजम लाइभ इभेन्टका संस्थापक मध्ये एक शरद श्रेष्ठले एनएलईको पहिलो काम नै कन्दराबाट सुरु गर्न पाउनु ठूलो अवसर भएको बताए।

सन्२०२१मा हिमालयन टिभीमा ‘हल अफ फेम’नामक भर्चुअल सिंगिङ रियालिटी शो प्रसारण भएको थियो। हलअफ फेम प्रोडक्सनको काम नेपग्याज्मले सम्हालेको थियो भने निर्णायक मध्येका एक थिए विवेक।सन् नब्बेको दशकमा उदाएको कन्दराका लेककी हे माया, चन्चले कान्छी, तिमी पारी, हङकङ पोखरा, तगारोमा रुमाल राखी जस्ता गीत चर्चित छन् ।
Reactions

Post a Comment

0 Comments