पहिलो पटक गायक भिषण मुकारुङ र उनकी छोरीले सङ्गै गाएको गीत सार्बजनिक [भिडियो सहित]

चर्चित गायक तथा संगीतकार भीषण मुकारुङले आफ्नी छोरी अभियन्ता मुकारुङ सङ्ग सयुक्त रुपमा गाएको गीत ‘ए छोरी, ए बाबा’ बोलको गीत सार्वजनिक भएको छ ।

दुई दशकभन्दा लामो समयदेखि गायनमा सक्रिय भीषणकी छोरी अभियन्ताले पहिलोपटक गीत रेकर्ड गराएकी हुन् । सात वर्षकी अभियन्ताले यसअघि अन्य गायिकाहरुको गीतमा कभर भर्सनमा रेकर्ड गराएपनि यो आफ्नै पहिलो गीत हो। गीतको स्टुडियो भिडियो अभियन्ता मुकारुङको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

बाबु र छोरी बीचको माया ममता र सम्बन्धमा आधारित गीत भीषणकै श्रीमति तथा कवि सुमित्रा लिम्बु (सुमित्रा प्रवृत्ति)ले लेखेकी हुन् ।  लामो समयपछि उनले आफ्नै श्रीमान र छोरीका लागि गीत लेखेकी हुन् । भीषण आफैंले संगीत गरेको गीतको रेकर्डिङ उनैले सञ्चालन गरेको पृथक रेकड्समा गरिएको हो । गीतलाई कुशल सिहले एरेञ्ज, दिल सार्कीले रेकर्डिङ तथा दीप घतानीले मास्टरिङ तथा मिक्सिङ गरेका हुन् । भिडियोको छायाँकन र सम्पादन मनोज राईले गरेका छन् ।  


Reactions

Post a Comment

0 Comments