हर्क साम्पाङ का मन छुने भनाईहरु


"म गाडीमा हिडे भने बाटोको खाल्डाहरु देख्दिन, जुन मैले टाल्नु छ ।" - हर्क साम्पाङ



"सप्तकोशिको पानी धराने जनतालाई खुवाईन भने मैले धराने जनतालाई ढाटेको हुनेछ ।" - हर्क साम्पाङ



"मैले धराने जनतालाई पानी खुवाउन सकिन भने, म आफुलाई असफल भएको ठान्नेछु ।" - हर्क साम्पाङ



"आफ्नो सेवा सुबिधा भन्दा १ रुपैयाँ कसैबाट घुस खाए भने मलाई भानु चोकमा बाधेर, कालो मसो लगाए हुन्छ । त्यसको भोलिपल्ट म धरान सधैंको लागि छोडेर जानेछु ।" - हर्क साम्पाङ


"लोक सेवा आयोगको परिक्षा र अन्तरवार्ता लाईभ हुनु पर्छ ।" - हर्क साम्पाङ


"गोठालाले पछाडी देखि लिड गर्छ, लिडरले अगाडि देखि लिड गर्छ ।" - हर्क साम्पाङ

"जो मान्छेले माटो छुदैन, त्यो मान्छेलाई माटोको माया पनि हुदैन ।" - हर्क साम्पाङ


" म एउटा साधारण मान्छे हुँ , तपाईंहरुले मलाइ असाधारण ठान्दिनु भएको छ । ' This is my Happiness.' देश सोच्नुस् , देश कै लागि गर्व गर्नुस् र एकदिन मर्दा पनि तपाईं हरु देश कै निम्ति मर्नु पर्छ ! " - हर्क साम्पाङ


"मेरो त खुट्टा छैन पखेटाले उड्ने मान्छे हुँ है उहाँहरुलाई भ्रम लागेको होला हर्क साम्पाङको खुट्टा तान्छु भनेर। चिलको खुट्टा तान्दा के हुन्छ- कोतर्दिन्छ, उडेर गईहाल्छ त्यही हो। हर्क साम्पाङको खुट्टा तान्न सजिलो छैन, मेरो विरोधीहरुले यो कुरा बुझिराख्नु। उहाँहरुले कल्पना जति गरिराख्नु भएको छ नि त्यो भन्दा १०० गुणा बढीको मान्छे हो म, यो कुरा चाहिँ बुझ्नुस्।" - हर्क साम्पाङ

Reactions

Post a Comment

0 Comments