चलचित्र पानीफोटोको गीत - ए तारेभीर ...को पुरा शब्द नेपालिमा ।। Tarebhir - Paniphoto



गीत विवरण :
गीत : ए तारेभिर
स्वर : बनिका प्रधान
शब्द / सङ्गीत : आभास
चलचित्र : पानीफोटो


।। शब्द ।।


ए तारेभिर तिम्ले डाक्दा 
फर्की आउँछ उहीँ घाम जुन
गैजानेलाई मैले डाक्दा - २
मनै पोल्ने बिरही बन्छ धुन
ए तारेभीर...



देउरालिमा पाती चढाइ साघु तर्यौ कि ? - २
देउता ढोक्दा शिरको फुल (भुइमा झर्यो कि?)-२
घाम बोकेर आउछु भन्थ्यौ - २
आखै पर्यो छाया
पैतलामा खिल गढे झै
मनमा गढ्यो माया-२&
ए तारेभीर...



सपनिमा खोला सुक्यो अभर परे कि?  - २
आफ्नै सम्झी पराईको पो (भर परे कि?) -२
कान्ला कान्ला प्यौली फुल्यो  -२
जाई फुल सरि
जोवन यसै बित्ने हो कि?
भन्दे बनचरी -२
ए तारेभीर
तिम्रो शिरमा उहीँ सिमल
उहीँ सिरु फुल
गैजाने लाई पर्खी बस्दा -२
बर्सौ बिते परे  म रनभुल
ए तारेभीर...   





Reactions

Post a Comment

0 Comments