नैना ताल लिएर आए नेपथ्य ब्याण्ड

सन् २०१५ मा नै रेकर्ड गरिएको गीतमा भारतको उत्तराखण्डको नैनीताललाई नैनताल भनिएको छ। यस गीतलाई नेपथ्यले आफ्नो दशौं एल्बम तयार गर्दा नै रेकर्ड गरेको हो। आधिकारिक सार्वजनिक नभए पनि नेपथ्यले विभिन्न मञ्चमा यस गीतलाई प्रस्तुत गर्दै आएको थियो। 

आफ्नो सङ्कलनमा रहेको यो गीतलाई नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङले थप अध्ययन सहित परिमार्जन गरेर तयार पारेका हुन्। यस क्रममा उनले थुप्रै भूतपूर्व गोर्खा, तिनका सन्तान र गाउँलेहरूसँग भेटेका थिए। अमृत पनि गोर्खासँग सम्बन्धित हुन्। 

अमृत भन्छन्‚ “हाम्रो लोकसंस्कृतिमा भित्रिएका लाहुरे स्वादको थुप्रै अभिव्यक्तिमध्येकै एउटा पाटो वर्णन गर्ने यो गीत पल्टनमा गएका मेरा काकाबा र मावल खलकले वर्षौंदेखि गाउँदै आएका र मैले केटाकेटीदेखि सुन्दै आएको हुँ,” अमृत भन्छन्। 

यो गीत पहिलो पटक लन्डन सहरको ओ टू एकेडेमी ब्रिक्सटनमा सन् २०१५ मा प्रस्तुत गरिएको थियो। गीत तयार पार्न अमृतलाई ड्रमसेटमा ध्रुव लामा, कीबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका छन्।

Reactions

Post a Comment

0 Comments