कवि मौलाना जलालुद्दीन रुमी का उत्कृष्ट ८ भनाईहरु


१३ औं शताब्दीका कवि मौलाना जलालुद्दीन रुमी का उत्कृष्ट ८ भनाईहरु :

१. अब तिम्रो विगत भनेको कथा जस्तै बनिसक्यो । आज नयाँ बिऊहरु धमाधम उम्रिदैछन् ।

२. कुनै पनि कुरा आफूबाट गुम्यो भनेर कहिल्यै पनि दुखी नबन, किनकी जे कुरा गुम्यो त्यो कुनै न कुनै रुपमा तिम्रो जीवनमा फेरी फर्केर आउने पक्का छ ।

३. सँधै ख्याल गर की तिमी गतिलो पखेटा लिएर जन्मिएका छौ । तर, तिमीले त्यो पखेटालाई प्रयोग गर्न भने सक्नुपर्छ ।

४. एउटा कुरा विचार गर की तिमी समुद्रको कुनै एउटा थोपा कदापी होइनौ । तिमी त थोपा भित्रको एउटा समुद्र नै हौ ।

५. कुनैपनि कुरा टल्काउनका लागि घोट्नै पर्छ ।

६. तिम्रो काम माया खोज्नु कदापी होइन, तिमीभित्रको अवरोधलाई खोज्नु हो, जुन अवरोधले तिम्रो जीवनमा मायाको आभास हुन दिरहेका छैन ।

७. कसैले तिमीलाई डर देखाउने या दुखी बनाउने गर्छ भने उसको वास्ता नगर ।

८. कुनैपनि फूलहरु फुल्ने पानीको कारण हो, मेघ गर्जनको कारण होइन । त्यसैले तिमी ठूलो आवाजमार्फत होइन, शब्दहरु मार्फत बोल्ने गर ।
Reactions

Post a Comment

0 Comments