Namana Laaj Yastari Full Lyrics in Nepali - Prem Dhoj Pradhan

Songs Details :
Song: Namana Laja Yastari
Lyrics: Kiran Kharel
Music: Jaydev
Movie: Maitighar



Songs Lyrics in Nepali :


नमान लाज यस्तरी,

कि झुम्छ जिन्दगी मेरो २


नआऊ सामु यस्तरी,

कि अड्छ ढुकढुकी मेरो २

नआऊ सामु यस्तरी


त्यो घुम्टो म उचालौ की

मुहार त्यो नियालु कि

भुलेर आफुलाई नै

हजुर मै हराऊ कि २


न मान लाज यस्तरी

कि अड्छ ढुकढुकी मेरो

नआऊ सामु यस्तरी


यो बैसमा बतासिदै, नआऊ न आकासिदै

के थाहा भोलि कल्पिए

रुनु छ कि निसासिदै २


नआऊ सामु यस्तरी, कि झुम्छ जिन्दगी मेरो

नमान लाज यस्तरी


यता उता नशा छरौ

मिठा मिठा कुरा गरौ

कि हामी एक अर्काको

नगिच मै जिऊ मरु २


नमान लाज यस्तरी, कि अड्छ ढुकढुकी मेरो

नआऊ सामु यस्तरी


जतन गरेको दिल मेरो, नटिप है यो फुल मेरो

म प्रेममा डराउछु,

हुने हो कि भुल यो मेरो २


नआऊ सामु यस्तरी, कि झुम्छ जिन्दगी मेरो

कि अड्छ ढुकढुकी मेरो

कि झुम्छ जिन्दगी मेरो, कि अड्छ ढुकढुकी मेरो

नआऊ सामु यस्तरी

नमान लाज यस्तरी


Official Music Video :



Reactions

Post a Comment

0 Comments