Rato ra Chandra surya Nepali Song Lyrics - Nepathya




Song Details : 
Song: Rato ra Chandra Surya (रातो र चन्द्रसूर्य)
Lyricist: Gopal Prasad Rimal
Composer: Amber Gurung
Original Vocals: Phatteman Rajbhandari and Amber Gurung
Rearranged and Performed by Nepathya
Album: Mero Desh (मेरो देश )

Lyrics in Nepali :


रातो र चन्द्र सुर्य, जङ्गी निशान हाम्रो
जिउँदो रगत सरी यो, बल्दो यो शान हाम्रो
रातो र चन्द्र सुर्य, जङ्गी निशान हाम्रो
जिउँदो रगत सरी यो, बल्दो यो शान हाम्रो
रातो र चन्द्र सुर्य

( हिमाल झैं अटल यो झुकेन यो कहिल्यै
लत्रेन यो कहिले जङ्गी निशान हाम्रो )*२
यो जन्मदै जगतमा, कैयौँ प्रहार आए
साम्राज्य दुई हारे, हारेन यो शान हाम्रो
रातो र चन्द्र सुर्य

( जबसम्म चन्द्र र सुर्य आकाशमा रहन्छन्
तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो )*२
गाई सरी छन् साधु, जो जो यहाँ जगतमा
सबको शरण बलियो, जङ्गी निशान हाम्रो
रातो र चन्द्र सुर्य, जङ्गी निशान हाम्रो
जिउँदो रगत सरी यो, बल्दो यो शान हाम्रो
रातो र चन्द्र सुर्य

Lyrics in English : 

The Red, the Moon, and the Sun Indeed this national symbol of us Alive as a virile blood With it blazes our pride Firm like the Himalayas It never bowed down low Never did it lean and gave up This national symbol of ours From the day it was born It confronted many an attack Defeated were the two-nation at its side But never did our symbol ever lose its pride As long as the moon and the sun Keep existing in the sky Will our blood remain pure in us Red and independent thus Wise is every dweller of this land So are the ascetics like benign cows A shelter so strong protecting all This national symbol of us The Red, the Moon, and the Sun Indeed the national symbol of us Alive as a virile blood With it blazes our pride

कवि गोपालप्रसाद रिमालले लेखेको कालजयी कविता ‘रातो र चन्द्रसूर्जे जंगी निशान हाम्रो’ लाई अम्बर गुरुङले संगीतवद्ध गरेर राष्ट्रिय गीतका रुपमा तयार पारेका थिए। नेपाली झण्डाको महिमा गाउने यो गीतलाई पछिल्लो समय नेपथ्यले नयाँ एरेन्जमेन्टका साथ गाउँदै आएको छ । यो गीतलाई नेपथ्यको एल्बम ‘मेरो देश’ मा पनि समेटिएको थियो ।
Reactions

Post a Comment

0 Comments