प्रमोद र ऋचाको ‘छाती चिरेर’ सार्बजानिक (भिडियो सहित)


गायक प्रमोद खरेलको सुमधुर स्वर रहेको ‘छाती चिरेर’ बोलको आधुनिक गीत सार्वजनिक गरिएको हो ।‘छाती चिरेर’ बोलको सो गीतमा हरि लम्सालले संगीत भरेका छन भने निर्देशक दिपक प्रसाद आचार्य-काकुको निर्देशन रहेको सो गीतको भिडियोमा नायिका ऋचा शर्मा र गायक प्रमोदको मर्मस्पर्शी अभिनय देख्न सकिन्छ । साथमा किरण केसी, सबिना महर्जन, निर्मल श्रेष्ठ र सन्तोष बायालकोटीको पनि अभिनय रहेको छ । सार्वजनिक गीतलाई प्रमोदले नै लेखेका हुन।
हेर्नुस भिडियो:



गीत निकै मार्मिक बनेको छ।म्युजिक भिडियोको कन्सेप्ट भने निर्देशन दिपककै रहेको छ।अनुज तिवारी एण्ड टिमको छायांकन रहेको सो भिडियो निर्माण भने दीपा खरेलले गरेकी हुन। साथै चन्दन दत्ताको सम्पादन रहेको छ। गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन । भिडियोलाई प्रमोद खरेलकै युटूब च्यानल बाट सार्बजानिक गरिएको छ। भिडियोलाई धेरैले मनपराएको देख्न सकिन्छ । भने हामीले यो समाचार तयार गर्दा सम्म भिडियो सार्बजानिक गरेको २४ घण्टा नपुग्दै २५औ ट्रेन्डिङ्ग मा पर्न सफल भएको छ ।
Reactions

Post a Comment

0 Comments