रचना रिमाल अहिलेको ब्यस्त गायिका बनिन ।। Rachana Rimal - Nepal idol 3


गायिका रचना रिमालले लकडाउन यता तीन दर्जनभन्दा धेरै गीत गाएकी छिन् । चैत ११ गते लकडाउन भए यता आफूले ४० वटा गीत गाएको रचना बताउँछिन् ।

‘चैत यता ४० वटाभन्दा धेरै गीत रेकर्ड गरिसकेँ । अझै धेरै गीत गाउन बाँकी नै छ,’ रचना भन्छिन्, ‘गीत गाउनका लागि दिनकै फोन आइरहेको हुन्छ ।’ नेपाल आइडलबाट बाहिरिएपछि उनलाई गीत गाउन व्यस्त छिन् ।

नेपाल आइडल सिजन-३ मा सहभागी उनको अर्गानिक स्वर भएको भन्दै चौतर्फी प्रशंशा भएपछि उनले गीत गाउने अवसर पाएकी हुन् । नेपाल आइडलमा सहभागी भएपछि उनी ‘लाइमलाइट’मा आएकी हुन् । रचना रिमालले पहिलो गीत वसन्त सापकोटाको ‘रुमाल चिनो’ गाएकी थिइन् ।

टिपिकल नेपाली स्वर नै रचनाको सबैभन्दा राम्रो पक्ष भएको संगीतकार वसन्त सापकोटा बताउँछन् । ‘भोकलमै नेपालीपन छ । उनको स्वर सुन्दा ४०र५० वर्षअगाडि कुनै अब्बल नेपाली गायिकाको स्वर सुनेजस्तो लाग्छ,’ वसन्त भन्छन्, ‘हाई र लो दुवै रेन्जमा स्वर राम्रो खेल्न सक्नु र नेपालीपन सुनिनुले उनको भविष्य सांगीतिक क्षेत्रमा राम्रो छ भन्ने अनुमान लगाउन सकिन्छ ।’

Reactions

Post a Comment

0 Comments