Sayau Dada Katdai Full Lyrics with Video - Bikram Baral



Song Details :
Song: Sayau Dada Katdai 
Vocal: Bikram Baral
Lyrics: Pasang Sherpa
Music: Hari Lamsal
Arranger: Rikesh Gurung

Songs Lyrics :

सयौं डाँडा काट्दै आएँ
सयौं खोला तर्दै आएँ
सयौं घुम्ती फिर्दै फिर्दै
अनेक बाधा चिर्दै चिर्दै आएँ
यहाँसम्म आइपुग्दानी मैले 
जितेरनी हारै पाएँ
जितेरनी हारै पाएँ ......

आँसु छैन कतै यहाँ हाँसो  पनि देखिन
मनको पिडा बिसाउने चौतारीनी भेटीन
दुःख पीडा मनमै लुकाई  आएँ.. 
ओठमा हाँसो देखाउदै आएँ.. 
यहाँसम्म आइपुग्दानी मैले 
जितेरनी हारै पाएँ... 
जितेरनी हारै पाएँ

देख्दा सबै सुखी देख्छु खुसी कोही देखिन
बनावटी माया मात्रै साँचो माया  भेटिन
परदेश  रोज्दै खुसी खोज्दै आएँ
आँखा भरी सपना सजाइ आएँ
सयौं डाँडा काट्दै आएँ
सयौं खोला तर्दै आएँ
सयौं घुम्ती फिर्दै फिर्दै
अनेक बाधा चिर्दै चिर्दै आएँ
यहाँसम्म आइपुग्दानी मैले 
जितेरनी हारै पाएँ
जितेरनी हारै पाएँ....
Reactions

Post a Comment

0 Comments