Unko Preeti Pahile ho ki full lyrics - Prabin Bedwal and Rachana Rimal


गीत : उनको प्रीति.. 
गायक : प्रविन बेडवाल 
गायिका : रचना रिमाल 
पहिलो गायक / गायिका : जगदिस समाल /सपना श्री 
संगीत संयोजन : बि.बि. अनुरागी
मिक्सिङ्ग  : श्याम श्वेत रसाईली 
बासुरी : रत्न बि.क.
 

Lyrics in Nepali : 


उनको प्रीति पैले हो की , मेरो प्रीति पैले 
जान्दिनँ म – एकैचोटी के भो कुुन्नि कैले 


यती राम्रो मुहार हजुर,  पैले कहाँ थियो
बल्ल देखे – बलेपछी नजरको दियो 
उनको नजर पैले हो की , मेरो नजर पैले 
जान्दिनँ म – एकैचोटी के भो कुुन्नि कैले 


एउटा पर्दा उघारे झै दुईतिर हाँसी 
पुरिबको जुन झर्‍यो  पश्चिमबाट ब्याँसी
उनको मुस्कान पैले होकि मेरो मुस्कान पैले
जान्दिनँ म – एकैचोटि के भो कुन्नि कैले


बेनीघाटमा उनीसित भेट भयो अस्ति 
आज लाग्छ सधैभरी संगै थीईन जस्ती 
उन्को अर्पन पैले हो की मेरो अर्पन पैले 
जान्दिनँ म – एकैचोटि के भो कुन्नि कैले


Reactions

Post a Comment

0 Comments