TIMRA PAUHARUMA LYRICS IN NEPALI - TARA DEVI, NATI KAJI


गीत विवरण :

रचनाः चाँदनी शाह

संगीतः नातिकाजी

स्वरः तारा देवी 


Lyrics in Nepali :


तिम्रा पाऊहरुमा म सधैं झुकीरहन्छु

तिमी उठाइरहु माया र आशिष थापी

तिमी भरी रहु सिउँदो म नुहि रहन्छु

नटुटोस् अब सिलसिला कहिले पनि

तिम्रा पाउहरुमा म सधैं झुकीरहन्छु


सगरमाथालाई छुने उषाको लाली झैँ

तिम्रो मायाको सृङ्गार सधैँ साँची रहोस

सगरमाथालाई छुने उषाको लालीझैँ

तिम्रो मायाको सृङ्गार सधैँ साँची रहोस

निरन्तर बग्ने यै खोला नालाका धून झैँ

तिम्रो प्रितको झंकार सधैँ गुन्जी रहोस्

तिमी आँखाले बोलीरहु म पढी रहन्छु

नपरोस् आवश्यक शब्द कहिले पनि

तिम्रा पाऊहरुमा म सधैं झुकीरहन्छु


परमात्मा सँग आत्माको सम्बन्ध रहे झैँ

मेरो मन तिम्रो अर्चनामा डुबी रहोस्

परमात्मा सँग आत्माको सम्बन्ध रहे झैँ

मेरो मन तिम्रो अर्चनामा डुबी रहोस्

अज्ञानलाई संधै ज्ञानको खोज रहे झैं

मेरो आराधना संधैं तिम्रो रहि रहोस्

तिमी आई रहु यस्तै म बोलाई रहन्छु

नछुटोस् यस्को क्रम अव कहिले पनि

तिम्रा पाऊहरुमा म सधैं झुकीरहन्छु


Original Song :




Reactions

Post a Comment

0 Comments