‘प्रिय तिमी…’ बोलको म्यूजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

 

काठमाडौँ- पारिवारिक कथामा निहित रहेर तयार पारिएको ‘प्रिय तिमी…’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

शुक्रबार जमर्को ईन्टरटेनमेन्टको अफिसियल युट्युव च्यानलबाट सार्वजानिक गरिएको म्यूजिक भिडियोका गायक नन्दु गुरुङ हुन् । रामप्रसाद गुरुङको शव्द, अशोक थापाको एरेन्ज र जेनेरिक स्टुडियोको मिक्सिङ र मिक्चरिङ रहेको छ ।

भिडियोमा करण धिताल र रोजु श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेका छन् । यस्तै सन्तोष किराती, ईन्द्र गुरुङ, सुरज प्रदान, डेरियन गुरुङको पनि अभिनय रहेको छ । मुहा क्रियसनको सम्पादन, अर्जुन सेन्चुरी र मुहासिङ थापा मगरको छायांकन रहेको छ भने सुरज प्रदानले ड्रोन सम्हालेका छन् । भिडियोलाई गायक तथा संगीतकार देव गुरुङले निर्देशन गरेका हुन् ।



Reactions

Post a Comment

0 Comments