आउदैन दशै तिहार ।। LYRICS AAUDAINA DASHAI TIHAR - PRABIN BEDWAL


गीत : आउदिन दशै तिहार
स्वर : प्रबिन बेडवाल
शब्द : बिष्णुमाया बिभु

।। शब्द ।।

आउदैन प्यारी यो साल दशै आउदैन तिहार - २
तस्बिरमै टीका लाईदिए प्यारी (आउदिन म घर ) -३
आउदैन प्यारी यो साल दशै आउदैन तिहार

दुरनको टीका नखस्दै परदेश बस्नै मन थिए
के गर्नु प्यारी भाबिको लेखा घर बस्नै दिएन
सुहागारातको निशानी हाम्रो जतनले हुर्काई
साना सानै छन भाइ र बहिनी (राम्ररी पडाई)-२
आउदैन प्यारी यो साल दशै आउदैन तिहार
बहिनिलाई भन्देउ आगनको ढिलमा (मखमली नसार)-३


भिरै होस बाटो पीरै होस मन साहास नघटाए
सन्तासलाई कोहि भुलेर पनि परदेश नपठाए
दु:खै होस बरु ठक्करै खाओस आफ्नै देशमा खाओस
बैरी लागोस बरु दैब नलागोस (मर्दा आफ्नै माटो पाओस)-२
आउदैन प्यारी यो साल दशै आउदैन तिहार
हुन्छ कि अधुरो सन्तानको मुहार (हेर्ने त्यो रहर)-३


जान्दिन प्यारी दैबले हो कि मान्छेले घात गर्यो
पराईले हो कि दुश्मनले हो कि मित्रैले पाप गर्यो
सम्झेर मलाई दिन रात प्यारी चोली नरुजाई
यस्तै रहेछ जोन्दगी भरी (मन आफ्नो बुझाई)-२
आउदैन प्यारी यो साल दशै आउदैन तिहार
सम्हाल प्यारी बुढा बाआमा (अलपत्र नपार)-३
आउदैन प्यारी यो साल दशै आउदैन तिहार
तस्बिरमै टीका लाईदिए प्यारी (आउदिन म घर ) -३
आउदैन प्यारी यो साल दशै आउदैन तिहार


Reactions

Post a Comment

0 Comments